कांग्रेसमा नयाँ अध्यक्ष, चुनौतीहरुको चाङ

काठमाडौं । भारतमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको आन्तरिक निर्वाचनमा वरिष्ठ नेता मल्लिकार्जुन खडगेले अध्यक्ष पदमा विजय हाँसिल गरेका छन । खडगे अब कांग्रेसका नयाँ अध्यक्ष हुनेछन् । २४ वर्ष पछि पहिलो पटक कांग्रेस का अध्यक्ष गैर गान्धि परिवारबाट छानिएका हुन्र ।
अध्यक्ष पदका उम्मेदवार खडगेले ७८९७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी शशि थरूरले करिब एक हजार मत मात्र प्राप्त गर्न सके ।ल्लिकार्जुन खडगेका रूपमा २४ वर्ष पछि कांग्रेसको नेतृत्व गैर गान्धी परिवारमा पुगे सँगै अनेकन प्रश्न र चुनौतीहरु खडा भएका छन् । १९७८ देखि कांग्रेस पार्टीको अध्यक्षता नेहरू-गान्धि परिवारकै सदस्यले गर्दै आएका छन् । यस बीच १९९२ दखि १९९६ सम्म पी भि नरसिम्हा राव तथा १९९६ देखि १९९८ सम्म सीताराम केसरी कांग्रेस अध्यक्ष थिए ।
१९९८ देखि २०१७ सम्म सोनिया गान्धिले अध्यक्षका रुपमा कांग्रेसको नेतृत्व गरिन भने उनको कार्यकालसम्म कांग्रेस मजबुत पनि थियो । त्यस क्रममा कांग्रेस पार्टीले लगातार दुई पटक केन्द्रमा सरकार बनायो । यद्यपि २०१४ मा सत्ताबाट बाहिरिए सँगै कांग्रेस पार्टीमा संकटको लामो सिलसिला सुरु भयो जुन हाल पनि जारी छ । २०१७ मा राहुल गान्धिले कांग्रेसको अध्यक्षता लिए पछि २०१९ मा लगातार दोस्रोपटक लोक सभा चुनावमा पार्टीको नराम्रो हार पछि उनले आफ्नो पद बाट राजिनामा दिए भने अध्यक्ष पदको जिम्मेवारी फेरि एक पटक खराब स्वास्थ्य सँग जुधिरहेकी उनकी आमा सोनियाको काँधमा पुग्यो ।
चुनौती नै चुनौती
कांग्रेस पार्टीको नेतृत्व परिवर्तन पछि पनि पार्टीको संकट भने अन्त हुने छैन । कर्नाटकमा सबैभन्दा ठुलो दलकारुपमा चुनाव जीते पनि कांग्रेसले सत्ता गुमाउनु पर्यो भने पंजाबमा चुनाव हारेर कांग्रेस सत्ताबाट बाहिरियो । यता महाराष्ट्रमा शिव सेनाका साथ गरिएको गठबन्धन पनि धराशायी भयो भने त्यहाँ सत्ताबाट बेदखल हुनुपर्यो ।
राजस्थान र छत्तीसगढमा कांग्रेस अन्तरकलहले ग्रस्त छ । राजस्थानमा त पार्टी दुई पटक विभाजनको स्थितिमा पुगेर जोगिएको छ । कांग्रेसमा पुराना कार्यकर्ता तथा नेताहरुको पार्टी पलायन निरन्तर जारी छ । अमरिन्दर सिंह, कपिल सिम्बल, गुलाम नबी आजाद आदि ठूला नेताले पार्टी छोडिसकेका छन । कांग्रेस अध्यक्षको चुनाव पहिले राजस्थानका अशोक गहलोतलाई लिएर जे भयो त्यसले नेतृत्वको साख नै घटायो ।
नजर २०२४ को चुनावमा
अब हेर्नुपर्ने कुरा के छ भने कांग्रेसका नयाँ अध्यक्षले यि चुनौतिहरुको सामना कसरी गर्नेछन् ? मल्लिकार्जुन खड़गे कांग्रेस नेतृत्वमा गान्धि परिवार को प्रतिनिधि हुन । यस्तो स्थितिमा उनले स्वतन्त्र रूपमा अध्यक्ष पदको जिम्मेवारी निर्वाह गर्न सक्नेछन् वा उनले गान्धि परिवार कै इशारामा काम गर्नुपर्नेछ ? भन्ने प्रश्न अहिले टढकारो रुपमा उठिरहेको छ ।
नवनिर्वाचित अध्यक्ष खडगे सँग समय पनि कम छ किनभने लोक सभा चुनावका लागि अब दुई वर्ष मात्र बाँकी छ । विपक्षको नेतृत्वमा पनि कांग्रेस कमजोर साबित हुँदै आएको छ । तृणमूल कांग्रेस, जेडीयू, आम आदमी पार्टी, टीआरएस आदि पार्टि यसमा निकै अगाडि बढिसकेका छन । यस्तोमा
खडगेले एक साथ कैंयन मोर्चामा काम गर्नुपर्नेछ । जस्तो – पार्टी मजबुत गर्ने , अन्य विपक्षि हरु सँग तालमेल बिकसित गरि बीजेपीलाई चुनौती दिने आदि । यी लक्ष्यमा खडगे कति सफल हुन्छन् भविष्यले नै बताउनेछ ।
प्रतिक्रिया