दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा
नेपालखोज
२०७९ कार्तिक ३ गते ६:४४

काठमाडाैं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएकाे छ । २०८१ सालको मंसिर महिनामा आयोजना हुने प्रतियोगिता कर्णाली प्रदेशमा गर्ने निर्णय भएकाे हाे ।
पोखरामा बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकले आगामी संस्करणको प्रतियोगितामा २०८१ सालको मंसिरमा गर्ने निर्णय गरेको हो । पोखरा रंगशालामा बिहीबार नवौंको समापन समारोहमा राष्ट्रिय झण्डा कर्णालीलाई हस्तान्तरण गरिनेछ ।
सम्बन्धित
प्रतिक्रिया