प्रधानमन्त्री देउवा नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिता सहभागी
नेपालखोज
२०७९ कार्तिक ३ गते १६:५९

कास्की । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा पुगेका छन् । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उनी पोखरा पुगेका हुन् ।
यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गरे । पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया