आइतबार, जेठ ६, २०८१

शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बिमा कम्पनीको पुरस्कार

नेपालखोज २०७९ कार्तिक ३ गते १८:५८

काठमाडौं । शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बिमा कम्पनीको पुरस्कार प्रदान गरिएको छ । उत्पादन, पोषण र वातावरण सुधारः सुखी जीवनको अधार भन्ने नारासहित नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले आयोजना गरेको यस वर्षको ४२औं विश्व खाद्य दिवस, २०२२ को अवसरमा कृषि बिमा र दाबी फछ्याैट गर्ने उत्कृष्ट बिमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई नगद १० हजार रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको हो ।

नेपालमा कृषि बीमामा बिकाश र कम्पनीबाट जारी बीमालेखको बमोजिम परेका दाबी, दावीको व्यवस्थापन र फर्छौट गरेको आधारमा यो पुरस्कार प्रदान गरिएको छ । हरेक वर्ष अक्टोवर १६ तारिखमा विश्वभरी खाद्म संकट र भोकमरिको विरुद्ध एक्यवद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाईन्छ, नेपालमा ४२औं विश्व खाद्य दिवस कृषक र सरोकारवाला निकायहरुको उपस्थितीमा सम्पन्न भएको हो ।

किसानलाई भएको जोखिम तथा क्षतिको क्षति प्ुर्ति प्रदान गरेकै कारण यसै कम्पनीलाई युके एडद्वारा २०१९ मा ५० हजार पाउण्ड स्ट्रर्लिङ बराबर पुरष्कार रासी प्रदान गरिएको थियो । स्थापना कालदेखि नै नेपाली बिमा क्षेत्रमा विशिष्ट छाप छोड्दै नेपालको अग्रणी बिमा कम्पनीका रुपमा रहदै आएको यस कम्पनी इक्रा नेपालबाट आईक्रा –एनपी ए रेटिङ प्राप्त गरेको नेपालको एकमात्रै निजिर्वन बीमा कम्पनीसमेत हो ।

प्रतिक्रिया