कांग्रेस पोखरा महानगरको नगरसभा शनिबार

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिकाको नगर सभा आगामी शनिबार हुने भएको छ । विधानमा प्रत्येक एक वर्षमा नगर सम्मेलन गर्नुपर्ने रहेकोमा वर्तमान कार्यसमितिले पहिलो पटक नगर सम्मेलन गर्न लागेको हो । सम्मेलन सफल पार्न नेपाली कांग्रेस पोखरा महानगरका उपसभापति भवसागर बरालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको प्रवक्ता धनञ्जय पौडेलले बताए । समितिमा रबिन्द्र बराल, अम्बिका ढुंगाना, शेर बहादुर कार्की, रामचन्द्र शर्मा, प्रिति पाण्डे सदस्य रहेको पनि उनले बताए ।
सम्मेलनमा कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सचिवको सांगठनिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिने प्रवक्ता पौडेलले बताए । यसैबीच बुधबार नेपाली कांग्रेस पोखरा महानगरसमिति सभापति सुरेन्द्रमान विजुक्छेको अध्यक्षतामा बसेको कार्य सम्पादन समितिको बैठकले नगर सम्मेलन सफल पार्न नगर समितिका सदस्यहरुको सक्रियताको आवश्यकता औल्याइएको थियो । सम्मेलनमा नेपाली कांग्रेसका पोखरा महानगर क्षेत्रभित्रका ३३ वटा वडाका क्रियाशिल सदस्यहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरुलाई सहभागिताकालागि आव्हान गरिएको छ ।

प्रतिक्रिया