गठबन्धनकाे सातै प्रदेशमा चुनाव लक्षित भेला आजबाट
नेपालखोज
२०७९ कार्तिक ४ गते ८:४९

काठमाडौं । सत्ता गठबन्धनले आाजबाट सातै प्रदेशमा चुनाव लक्षित भेला सुरु गर्दै छ । ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएकाे हाे ।
सोही निर्णय बमोजिम आजबाट गठबन्धनले भेला गर्न लागेको हो । जसअनुसार आज पोखरा, ११ बजे, बुटवल, २ बजे भेला हुनेछ । त्यस्तै भाेलि कात्तिक ५ गते विराटनगर, ११ बजे र जनकपुर २ बजे आयाेजना हुने छ ।
त्यसैगरी कात्तिक ६ गते बिहान ११ धनगढीमा र साेहीदिन सुर्खेत दिउँसाे २ बजे व्यवस्थापन गरिएकाे छ । कात्तिक ७ गते भने काठमाडौंमा ११ बजे सुरु हुने छ ।
सम्बन्धित

प्रतिक्रिया