शुक्रबार, वैशाख २६, २०८२

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी

नेपालखोज २०७९ कार्तिक ४ गते ९:३८

काठमाडाैं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । गयराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ३–० गोल अन्तरले पराजित गरेको हो । विजयी भएको बार्सिलोना २५ अंकका साथ ला लिगाको दोस्रो स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत अन्य खेलमा ओसासुनाले स्पान्योलमाथि १–० को जित दर्ता गर्दा एलमेरियाले जिरोनामाथि ३–२ गोलको कठिन जित दर्ता गरेको छ ।  

प्रतिक्रिया