आइतबार, वैशाख ३०, २०८१

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

नेपालखोज २०७९ कार्तिक ४ गते ११:३०

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ । भने चाँदीको भाउ स्थिर रहेको छ। छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ६ सय रुपैयाँले घटेको छ । तेजाबी सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया