शुक्रबार, जेठ ४, २०८१

बाढी र पहिरोमा परि इन्डोनेसियामा ६ जनाको मृत्यु

नेपालखोज २०७९ कार्तिक ४ गते २२:००

इन्डोनेसिया । इन्डोनेसियाको बाली रिसोर्ट टापुमा भारी मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । बाढी र पहिरोले करङगासेम, जेम्बराना, ताबनान, बाङ्ली, ग्यान्यार र बडुङ जिल्लामा क्षति पुर्याएको छ ।

सोमबारदेखि टापुमा आएको प्रकोपले पूर्वाधार, सार्वजनिक सुविधाहरू र घरहरूलाई पनि क्षति पुर्यााएको बाली प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख आई मेड रेन्टिनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

जनतालाई सतर्क रहन आग्रह गर्दै सम्भावित बाढी, पहिरो, लगायत प्राकृतिक जोखिमबाट जोगिन आग्रह गरिएको छ ।

प्रतिक्रिया