ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

नेपालखोज २०७९ कार्तिक ५ गते १२:१९

मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिका–५ को झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना१ह ५८५५ नं को अटो र विपरीत दिशाबाट आइरहेको वाग्मती प्रदेश ०३–१००१ क ४१३ नं को ट्रक एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

वाग्मती नदीमा शव दाहसंस्कार गरी फर्केका मलामी चढेको सो अटोलाई ट्रकले ठक्कर दिँदा अटोका चालकसहित तीन जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते तीन जनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मृतक वाग्मती गाउँपालिका–८ बस्ने वर्ष ५८ को रामबहादुर गोले रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया