शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा ४३ संक्रमित थपिए

नेपालखोज २०७९ कार्तिक ५ गते १७:२२

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ४३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार ७९८ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४८ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या ७१६ पुगेको छ ।

प्रतिक्रिया