आइतबार, वैशाख ३०, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ कार्तिक ६ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले बढेको ९४ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १५ सय रुपैयाँले बढेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया