बिहीबार, जेठ ३, २०८१

‘डिसेम्बर फल्स’ को दम्दार फस्टलुक सार्वजनिक

नेपालखोज २०७९ कार्तिक ६ गते १२:३५

काठमाडौं । प्रेम कथानक फिल्म ‘डिसेम्वर फल्स’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्म डिसेम्बरमै अर्थात ३० डिसेम्बरमा (पुष १५ गते) देशब्यापी प्रदर्शन हुने छ । युवानिर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाईएको हो ।

सार्वजनीक एउटा पोस्टरमा अभिनेता आर्यन र अर्कामा अभिनेत्री उपासना एकल रुपमा प्रस्तुत भएका छन् ।आर्यन ‘एक्शन-रियाक्सन’ मा देखिएका छन् भने उपासना घाइते अबस्थामा तनावग्रस्त देखिन्छिन् । दुवै पोस्टरले अहिले चर्चा पाइरहेका छन् ।

अभिनेता आर्यन केही समयको अन्तरालपछि ‘डिसेम्बर फल्स’ मार्फत पर्दामा छाउदैछन् भने उपासना पछिल्लो समयकी सर्वाधिक सफल हिरोइन हुन् । उनी अभिनीत अहिलेसम्मका सबै फिल्म सुपरहिट भएका छन् । आर्यन र उपसनालाई पहिलो पटक यही फिल्ममा सँगै हेर्न पाइदैछ । भारतीय फिल्म उद्योगमा कार्यरत ब्यस्त निर्देशक प्रवीण झाद्धारा निर्देशीत फिल्ममा आर्यन,उपासना,सुमन थापा रोहित,नरेश भट्टराईका साथमा सलोन बस्नेत,शिबहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायतका कलाकारको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा,केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् । दीपक शर्मा,कोसिस क्षेत्री,सुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई राम बालाजी फिल्मस्का सुनील मानन्धरले वितरण गर्दैछन् ।

प्रतिक्रिया