शुक्रबार, वैशाख २८, २०८१

ओटीटीका महंगा सिरिज

नेपालखोज २०८० वैशाख ६ गते १४:४४

हामी प्रायः फिल्मको बजेटको कुरा गर्छौं, तर आजको समयमा ओटीटी शोहरुको बजेट पनि फिल्मको भन्दा कम छैन । ओटीटी शो को लोकप्रियता दैनिक जसो बढ्दै छ। यी शोहरूमा निर्माताहरूले निकै लगानी पनि गरिरहेका छन्। सबैभन्दा ठुलो बजेटमा बनेका वेब सिरिजलाई हेर्दा यसमा मेड इन हेभन, मिर्जापुर – २ , द फ्यामिली म्यान जस्ता ‘शो’ ‘को नाम अघि आउँछ ।

मेड इन हेवेन

इटाइम्सको रिपोर्ट अनुसार अमेजन (Amazon Prime ) मा स्ट्रिम गरिएको मेड इन हेभेन सिरिज सबैभन्दा ठुलो बजेटमा बनाइएको थियो । यसलाई बनाउन करिब १०० करोडको खर्च भएको बताइन्छ । शोभिता धुलिपला र विक्रान्त मेसी अभिनित यो श्रृंखलाले पनि आइएमडिबि IMDB ) मा धेरै राम्रो रेटिङ पाएको छ ।

सेक्रेड गेम्स – टु अनुराग कश्यप र विक्रमादित्य मोटवानेको सेक्रेड गेम्सलाई कसले भुल्न सक्छ ? यो सिरिजको पहिलो सिजन नेटफ्लिक्समा स्ट्रिम गर्न ६४ करोडको बजेट लागेको थियो। नवाजुद्दीन सिद्दीकी र सैफ अली खान स्टारर यो शोको दोस्रो सिजनको बजेट दोब्बर भन्दा बढि भएको छ । यसको दोस्रो सिजन तयार गर्न निर्माताले करिब १६० करोड रुपैयाँ खर्च गरेका थिए ।

मिर्जापुर – २

गुड्डु पण्डित, मुन्ना भैया तथा कालीन त्रिपाठीको चरित्र कसले बिर्सन सक्छ ? अमेजन प्राइममा स्ट्रिम गरिएको यो शृङ्खलाले धेरै लोकप्रियता कमाएको थियो । यसको दोस्रो सिजन बनाउन करिब ९५ करोड खर्च भएको थियो । अहिले यसको तेस्रो सिजनको सुटिङ भैरहेको छ ।

द फेमिली म्यान

निर्देशक राज तथा डीके सधैं केहि नयाँ प्रदर्शन गरेर देखाउने कुरामा सुपरिचित छन् । उनले आफ्नो ओटीटी डेब्यु द फ्यामिली म्यानबाट गरे । यो शृंखला निकै मन पराइएको थियो । द फ्यामिली म्यानको दुवै सिजन बनाउन १६० करोड खर्च भएको थियो । पहिलो सिजन करिब ८० करोडमा तयार भएको थियो भने दोस्रो सिजनमा पनि त्यति नै खर्च लागेको थियो ।

ट्वान्टिफोर (24)

अनिल कपूरको यो शोका बारेमा त्यति चर्चा नभएको हुन सक्छ तर यसलाई बनाउन करिब १६० करोड खर्च भएको छ । यो शो एउटा डिटेक्टिभक‍ कथामा आधारित थियो जसले २४ घण्टामा अपराधीलाई समात्छ । कोरोना पछि ओटीटी प्लेटफर्मको संख्या बढ्यो भने मनोरञ्जन क्षेत्रको बिकास पनि तीव्र गतिमा बढिरहेको छ । यो वर्ष ओटीटी उद्योगमा ४५ प्रतिशतले वृद्धि हुने सम्भावना छ । कोरोनाले यो सम्भावनालाइ दोब्बर बनाएको हो । करिब एक देखि डेढ वर्ष पहिले भारतमा ४० वटा ओटीटी प्लेटफर्महरू थिए, तर अहिले तिनीहरूको संख्या दोब्बर भएर ८० भन्दा बढी पुगेको छ।

सेन्सरशिप नभएकाले जे पनि देखाउने छुट

ओटीटी को सन्दर्भमा के भनिन्छ भने सेन्सरशिपको अभावका कारण ‘शो’का निर्माताहरु जे पनि देखाइदिन्छन् । यसबिषयमा धेरै संघसंस्थाहरुको गुनासो पनि छ । ओटीटीमा अश्लील सामग्री बढेको गुनासोप्रति पनि छ । रचनात्मकताको नाममा गालीगलौज र अश्लीलता कति सम्म सह्य होला ? हालै सलमान खानले पनि यो मुद्दा उठाएका थिए । उनले यस्तो अभद्र सामग्री देखाउन नहुने पनि बताएका छन् ।

प्रतिक्रिया