लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

नेपालखोज २०७९ कार्तिक ६ गते १३:०६

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज (आइतबार) लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले उनलाई दुई दिन हिरासतमा राख्न आज अनुमति दिएको छ ।

प्रतिक्रिया