‘फुटपाथ मिचेर राखिएका झिलिमिली मात्र हटाएका हौं’

नेपालखोज २०७९ कार्तिक ६ गते १५:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडका पसलहरूमा सजावटका लागि राखिएको नक्कली प्लास्टिका माला हटाएको छ । व्यपारीहरुले तिहारको लागि पसल सजाउन सटरमाथि राखेको झिलिमिली महानगरले आज (आइतबार) हटाएको हो ।

फुटपाथ मिचेर व्यापारीहरुले सजावटका लागि राखेको सामग्री महानगरले हटाएको हो । पैदल यात्रुलाई हिड्न असहज भएकाले सजावटका सामाग्री हटाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

केही व्यापारीहरुले पसल सजाउन फुटपाथ मिचेर फलामको खम्बा राखेका थिए । फुटपाथ मिचेर राखिएका सामग्री मात्र हटाइएको पाण्डेले बताए ।

प्रतिक्रिया