शुक्रबार, जेठ ४, २०८१

पाकिस्तानमा बाढी, मृतकको संख्या १७ सय नाघ्यो

नेपालखोज २०७९ कार्तिक ६ गते १८:१९

इस्लामावाद । पाकिस्तानमा यो वर्षको वर्षा याममा बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ३१ पुगेको छ भने १२ हजार आठ सय ६७ जना घाइते भएका छन् ।

बाढीका कारण छ सय ४५ जना बालबालिका तथा तीन सय ५० जना महिलाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । दक्षिणी प्रान्त सिन्ध बाढीबाट सर्वाधिक प्रभावित भएको जनाउँदै उक्त प्राधिकरणले त्यहाँ सात सय ९२ जनाको मृत्यु भएको बताएको छ ।

दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा तीन सय ३६ र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वा प्रान्तमा तीन सय आठ र पूर्वी पञ्जाब प्रान्तमा दुई सय २३ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानका ८५ जिल्लाका ३३ लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकारी एवम् गैरसरकारी संस्थाले उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया