आइतबार, जेठ ६, २०८१

ग्यालेक्सी एजुकेसन एन्ड माइग्रेशन निःशुल्क परीक्षा

नेपालखोज २०७९ कार्तिक ६ गते १९:५५

काठमाडौं । ग्यालेक्सी एजुकेशन एण्ड माइग्रेशन सर्भिसेज (जेम्स) ले मोक टेस्ट परिक्षा सञ्चालन गरेको छ । मोक टेस्ट परिक्षा आईएलटिएस परीक्षा दिनुभन्दा अगाडि लिइने परीक्षा भएको उक्त संस्थाका सञ्चालिका पूर्व मिस नेपाल एवं समाजसेवी प्रीती सिटौलाले जानकारी दिइन् ।

अन्य संस्थाहरुले यस्तो परिक्षाको लागि शुल्क लिने गरेको भए पनि जेम्सले भने नेपालमा पहिलो पटक निशुल्क रुपमा आइतबार मोक टेस्ट परिक्षा लिएको उनले बताइन् ।

सोही संस्थाका अर्का सञ्चालक एवं पुर्व सञ्चारकर्मी दिपेश श्रेष्ठकाअनुसार पहिलो पटक लिएको मोक टेष्ट परिक्षामा विभिन्न क्षेत्रबाट आएका १५ जना विद्यार्थीहरुको सभागिता रहेकाे बताए ।

‘कार्तिक छ गते आइतबारबाट सुरु गरेको यो परीक्षालाई अबदेखि प्रत्येक साताको आइतबार निशुल्क रुपमा निरन्तर सञ्चालन गछौँ’ श्रेष्ठले भने । सञ्चालक श्रेष्ठकाअनुसार मोक टेस्ट परीक्षामा स्पिकिङ, राईटिङ र रिडिङको परिक्षा लिने गरिएको छ ।

प्रतिक्रिया