आगलागीमा करिब ७५ लाखको क्षति
नेपालखोज
२०७९ कार्तिक ७ गते १२:५१

मकवानपुर । मकवानपुरको थाहानगरपालिका ६ बज्रबाराहीमा गएराति विद्युत सट भई आगलागी हुँदा सोही वडा बस्ने मेघबहादुर बलामीको घर पूर्ण नष्ट भएको पालुङ इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो आगोलागीबाट खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण (कम्प्युटर/टेलिभिजन)लगायत जलेर नष्ट हुँदा ७५ लाख रुपैयाँ बराबरको सामग्रीको क्षति भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए । उक्त आगो थाहानगरपालिकाको दमकल, पालुङ प्रहरी र स्थानीय बासिन्दाले करिब दुई घण्टापश्चात् नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया