सोमबार, पुष ७, २०८२

नेपाल इन्भेष्टमेन्ट बैंकको पहिलो त्रैमासिक नाफा १ अर्ब १४ करोड

नेपालखोज २०७९ कार्तिक ७ गते २२:००

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक अर्ब १४ करोड पाँच लाख ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ९७ करोड ३७ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैंयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासिक अवधिमा एक खर्ब ९२ अर्ब ३० करोड १४ लाख ३८ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ६८ अर्ब ६० करोड ९२ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुई अर्ब १२ करानेड ९५ लाख ३१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको बितरणयोग्य नाफा भने एक अर्ब ८० करोड २९ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ८४ अर्ब ७९ करोड १० लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २७ करोड ९० लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर दुई दशमलव ५९ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया