एनसीसी बैंकको पहिलो त्रैमासिक नाफा ५१ करोड ६८ लाख

काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ५१ करोड ६८ लाख ३६ हजार एक सय ६२ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ५१ करोड ८० लाख ६७ हजार आठ सय ९७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७६ हजार १४ रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा एक खर्ब २७ अर्ब दुई करोड ४२ लाख ८२ हजार सात सय २४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब ३९ करोड ७५ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब १२ करोड ७० लाख ३१ हजार सात सय ६८ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ८५ प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने एक अर्ब ७८ लाख १० हजार पाँच सय रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार नौ सय ६९ रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब २० अर्ब ८८ करोड ६० लाख ३८ हजार तीन सय ७८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९३ करोड ६८ लाख तीन सय एक रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३३ प्रतिशत रहेको थियो ।








प्रतिक्रिया