राप्रपा काठमाडौं क्षेत्र नं. ४, प्रदेश ‘क’ द्वारा सम्पर्क कार्यालय स्थापना

नेपालखोज २०७९ कार्तिक ८ गते १०:४५

काठमाडौं । ‘राष्ट्रियता, प्रजातन्त्र र उदारबाद भन्ने मुल नारा सहित भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो’ भन्ने नारालाई आत्मसाथ गर्दे आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं ४, प्रदेश क चुनाव प्रचार प्रसारको लागि सम्पर्क कार्यालय स्थापना गरेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि चुनाव प्रचार प्रसार सम्वन्धी गतिविधिहरु सञ्चालनको लागि सम्र्पक कायार्लय सञ्चालनमा ल्याईएको काठमाडौं क्षेत्र नं ४, प्रदेश सभा ‘क’ का उम्मेदबार रिद्धि प्रताव ज. ब. रा ले बताए ।

राणाका अनुसार काठमाडौं क्षेत्र नं ४, प्रदेश नं ‘क’ मा प्रदेश सभा क मा आफु उम्मेदबार रहेको तथा प्रतिनिधि सभा सदस्यको उम्मेदबारकोरुपमा डा. ठाकुर मोहन श्रेष्ठ रहेका छन् । काठमाडौं महानगरपालिका वडा नं ७ मा रहेको सोही सम्पर्क कार्यालयबाट नै आफुहरुले निर्वाचन आयोगले जारी गरेका सबै आचार संहिताहरुको अक्षरस पालना गरेर चुनाव केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्ने राणाले बताए ।

प्रतिक्रिया