कांग्रेसद्वारा सूचना संकलन तथा अनुगमन उपसमिति गठन

नेपालखोज २०७९ कार्तिक ८ गते २०:०९

काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि गठन गरिएको उक्त समितिमा कांग्रेसले आज आठ सय १४ सदस्य मनोनीत गरेको हो ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समिति’ का संयोजक एवं पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य नैनसिंह महरको संयोजकत्वमा गठन गरेको हाे ।

‘नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमिति’ मा आठ सय १४ सदस्य थप मनोनयन गरेका पार्टीको कन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया