शुक्रबार, वैशाख २६, २०८२

आयरल्यान्डले इंग्ल्याण्डलाई दियो १५८ रनको लक्ष्य

नेपालखोज २०७९ कार्तिक ९ गते १३:२०

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट अन्र्तगत सुपर १२ को खेलमा आयरल्याण्डले इंग्ल्याण्डलाई १५८ रनको लक्ष्य दिएको छ । पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरका ४ बल बाँकी हुँदा १५७ रन बनायो । आयरल्याण्डको पौल स्र्टलिङ र एन्डे बेलब्रिनले ओपनिङ गरेका थिए । यी दुइले पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए ।

स्र्टलिङ १४ रन बनाएर आउट भएका थिए । बेलब्रिन र लोकरन टकरले साझेदारी गर्दै आयरल्याण्डको स्कोर १०० प्लस बनाए । १०३ रन बनाका बेला टकर व्यक्तिगत ३४ रन बनाएर आउट भएका थिए  । लगत्तै  हेरि टेक्टरले खाता नै नखोली आउट हुँदा जर्ज डकरेल डकआउट भएर पभेलियन फर्किएए ।

क्रष्टिस क्यम्फरले १८ रन बनाउँदा ग्रेथ डेलनीले १२ रन बनाए । इंग्ल्याण्डका लागि मार्क वुड र इयाम लिभिङ स्टोनले तीन तीन विकेट लिए ।

प्रतिक्रिया