वाणिज्य बैंकहरुको खुद मुनाफामा ६ प्रतिशतले वृद्धि, २६ वटा बैंकले कमाए १८ अर्ब नाफा

नेपालखोज २०७९ कार्तिक ९ गते २१:१४

काठमाडौं । वाणिज्य बैंकहरुको खुद मुनाफा सामान्यरुपमा बढेको छ । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २६ वटा बैंकहरुले पछिल्लो अवधिमा १८ अर्ब ७५ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । बैंकहरुले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा छ प्रतिशत अर्थात एक अर्ब पाँच करोड रुपैयाँले मात्र बढी हो ।

गत आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा १७ अर्ब ७० करोड रुपैयाँ कमाएको थियो । अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा सबै भन्दा बढी नाफा एनआईसी एशिया बैंकले कमाएको छ भने नबिल, राष्ट्रिय वाणिज्य बैंक र ग्लोवल आईएमई बैंक बढी नाफा कमाउने दोस्रो, तेस्रो र चौंथो बन्न सफल भएका छन् । सो अनुसार एनआईसी एशियाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ७५ ६७ लाख रुपैंयाँ खुद मुनाफा कमाउँदा ति बैंकहरुले क्रमशः एक अर्ब ५७ करोड, १५ लाख, एक अर्ब २४ करोड ६६ लाख र एक अर्ब १८ करोड ९५ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा भने एनआईसी एशियाले एक अर्ब १८ करोड छ लाख रुपैंयाँ खुद मुनाफा कमाउँदा ति बैंकहरुले क्रमशः एक अर्ब ११ करोड २३ लाख, एक अर्ब पाँच करोड छ लाख र एक अर्ब ११ करोड २२ लाख रुपैैयाँ खुद मुनाफा कमाएका थिए । नेपाल इन्भेष्टमेन्ट, कुमारी र सिटिजन्स बैंकले भने चालु आवको पहिलो त्रैमासमा क्रमशः एक अर्ब १४ करोड पाँच लाख, एक अर्ब १४ लाख र ५० करोड १२ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा क्रमशः ९७ करोड ३७ लाख, ५४ करोड ११ लाख र ६८ करोड ७३ लाख रुपैयाँ रहेको थियो । कृषि बिकास बैंक, नेपाल बैंक र हिमालयन बैंकले पनि चालु आवको पहिलो त्रैमासमा क्रमशः २२ करोड नौ लाख, ६० करोड ४० लाख र ५३ करोड २४ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा क्रमशः ४८ करोड ५३ लाख, ७५ करोड ४८ लाख र ४५ करोड २८ लाख रुपैयाँ रहेको थियो । एभरेष्ट, लक्ष्मी र मेगाले पनि चालु आवको पछिल्लो अवधिमा क्रमशः ८६ करोड २२ लाख, ५० करोड ३४ लाख र ५० करोड ९१ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा क्रमशः ५७ करोड ६६ लाख, ५५ करोड २८ लाख र ९१ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा बैंक अफ काठमाडौं, प्राईम कर्मसियल र स्टान्डर्ड चार्टड बैंकले भने क्रमशः २८ करोड छ लाख, ८७ करोड ४१ लाख र ८१ करोड १३ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा क्रमशः २५ करोड ३४ लाख, ९७ करोड ७९ लाख र ४८ करोड १८ लाख रुपैयाँ रहेको थियो । यसैगरी सिभिल, सिद्धार्थ, प्रभु र माछापुच्छ्रे बैंकले भने चालु आवको पहिलो त्रैमासमा क्रमशः ४१ करोड ५० लाख, ४९ करोड ८२ लाख र ७० करोड ५० लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा भने यि बैंकहरुको यस्तो नाफा क्रमशः २९ करोड १८ लाख, ९४ करोड ८७ लाख र ६३ करोड ६३ लाख रुपैंयाँ रहेको थियो । एनएमबी, सानिमा र एनसीसी बैंकले भने चालु आवको पहिलो त्रैमासमा क्रमशः ९० करोड ४१ लाख, ५४ करोड ८२ लाख र ५१ करोड ६८ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा भने यि बैंकहरुको यस्तो नाफा क्रमशः एक अर्ब चार करोड ४४ लाख, ५६ करोड ७८ लाख र ५१ करोड ८० लाख रुपैयाँ रहेको थियो । यसैगरी सेञ्चुरी, नेपाल एसबिआई र सनराईज बैंकले भने चालु आवको पहिलो त्रैमासमा ३१ करोड ८५ लाख, ६२ करोड ७३ लाख र १६ करोड ५८ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यि बैंकहरुको यस्तो नाफा क्रमशः २७ करोड २४ लाख, ३७ करोड ३९ लाख र ४३ करोड सात लाख रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया