भाइ टीकाको उत्तम साइत् ११ बजेर ५५ मिनेट
नेपालखोज
२०७९ कार्तिक १० गते ७:००

काठमाडौं । यसपाली तिहारमा भाइटीका लगाउने उत्तम साइत शुक्रबार ११ बजेर ५५ मिनेट भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस शुभ साइतमा दाजु-भाइहरू पश्चिम फर्किएर बस्ने तथा दिदीबहिनीहरू पूर्व फर्किएर दाजु-भाइहरूलाई टिका लगाइ शुभ सगुन खुवाउनु उत्तम हुन्छ ।
तिहार नेपालीहरुको दोस्रो ठूलो चाड हो । तिहार पाँच दिन मनाइन्छ । तर तिहारको मुख्य दिन भाइ टीका नै हो । कतिपयका लागि तिहार भन्नु नै भाइ टीका हो । दिदी भाइहरूका लागी तिहारको महत्व भाइ टीकाको हो । दाजुभाइ नहुनेहरुले दिदीबहिनी बीच पनि टीका लगाएर रमाइलो गरेको पनि देख्न सकिन्छ ।
सम्बन्धित

प्रतिक्रिया