अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा, बिक्रीदर १३२ रुपैयाँ २९ पैसा

नेपालखोज २०७९ कार्तिक ११ गते ८:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ १८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७८ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ शून्य पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०४ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको ०५ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया