शनिबार, जेठ ५, २०८१

पछिल्लो चौवीस घण्टामा थप १४ जनामा कोरोना पुष्टि

नेपालखोज २०७९ कार्तिक ११ गते १६:५५

काठमाडौं । देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २९ जना निको भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टाको खोपको विवरण भने उल्लेख गरिएको छैन । नेपालमा कोरोना महामारीमा १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया