शुक्रबार, जेठ ४, २०८१

दक्षिण कोरियामा ३५ हजार नौ सय २४ कोरोनाका नयाँ सङ्क्रमित

नेपालखोज २०७९ कार्तिक ११ गते १९:१८

काठमाडौं । दक्षिण कोरियामा २४ घण्टा अघि अर्थात बिहीबार मध्यरातसम्म ३५ हजार नौ २४ कोभिड–१९ नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै सङ्क्रमितको कुल सङ्ख्या २ करोड ५४ लाख ६६ हजार नौ सय ९२ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

बिहीबार मध्यरातसम्म ६९ हजार पाँच सय ३९ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस समयाअवधीमाण् थप ३१ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । यसैसँगै दक्षिण कोरियामा कोरोना शुरुभएबाट हालसम्म २९ हजार एकसय व्यक्तिको मृत्य्ु भएको छ । यहाँ कुल मृत्यु दर ०.११ प्रतिशत थियो ।

प्रतिक्रिया