पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना
नेपालखोज
२०७९ कार्तिक १२ गते ७:०३

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।
आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया