कांग्रेसले निर्वाचनका लागि घोषणापत्र आज सार्वजनिक गर्दै
नेपालखोज
२०७९ कार्तिक १२ गते ९:०१

काठमाडाैं । नेपाली कांग्रेसले निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । आसन्न निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्नेछन् । कांग्रेसले घोषणापत्र बनाउन महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति निर्माण गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया