संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक : प्रवक्ता महत

नेपालखोज २०७९ कार्तिक १४ गते ७:००

कावासोती । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न हिजाे पूर्वी नवलपरासी पुगेका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताए ।

वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता महतले उत्साहपूर्वक निर्वाचनमा होम्मिएर निर्वाचनमा लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे । ‘मङ्सिर ४ पछि पनि गठबन्धनले निरन्तरता पाउँछ, गठबन्धनको सरकार बन्छ त्यसपछि देशले नयाँ राजनीतिक बाटो समात्छ’, उनले भने । रासस

प्रतिक्रिया