‘राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेता मैयादेवी हुन्’

नेपालखोज २०७९ कार्तिक १४ गते १३:०३

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मैयाँदेवीको जीवनले कांग्रेसको एउटा पाटोलाई समेटेको बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले श्रेष्ठको जीवन लोकतन्त्रको संरक्षणमा बितेको बताए । उनले राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेताका रुपमा श्रेष्ठ रहेको उल्लेख गरे ।

पौडेलले भने, ‘मैयाँदेवीले जसरी समाजलाई दयामाया र सद्भावको दृष्टिले हेर्नुभयो त्यो एउटा मानवीयताको उदाहारण हो ।’ मैयाँदेवीलाई चिरस्थायी बनाउने र इतिहास जीवित राख्ने काम कन्या कलेज र सामाजिक सङ्घसंस्थाबाट भएको उनले बताए ।

उनले भने, ‘अहिले वातावरणको सबैभन्दा ठूलो समस्या रहेको छ । यो समयमा राम्रो प्रकृति र हरियाली बनाउन मैयाँदेवी पार्क बनाएर उनको जीवनलाई चिरस्थायी बनाउँ र सम्पत्ति ट्रष्टमा परिणत गरौँ ।’

प्रतिक्रिया