बिहीबार, जेठ ३, २०८१

आमा बनेपछि स्वेता लेख्छिन्- यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड

नेपालखोज २०७९ कार्तिक १६ गते ८:१७

काठमाडाैं । हिजो मंगलबार कार्तिक १५ गते छोरीलाई जन्म दिएपछि नायिका स्वेता खड्काले आफ्नो अनुभव र भावना साट्दै भनेकी छन् लामो अन्तराल पश्चात् मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशीको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दिप झुल्किएको छ । मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरुभएको छ ।

आजबाट मैले संसारकै सबैभन्दा सुन्दर शब्द ‘आमा’बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो, सबैभन्दा अमूल्य प्राप्ती अनि बहुमूल्य सम्पत्ती हो । यस क्रममा खड्गाले भनेकी छन् ।

‘मेरो प्रशव अवस्थामा सुस्वास्थ्यको कामना गरी म प्रती साहनुभुती जनाइदिने मेरा आफन्त, परिवार, नातागोता र सुभचिन्तकहरु सम्पुर्ण प्रती हार्दिक आभार ब्यक्त गर्दै मेरो सुख दुखमा कोमल हात दिने अनि न्यानो साथ दिने मेरो जीवनसाथी बिजयन्द्र शिह रावतलाई मुरी मुरी माया । मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी ‘परी’लाई यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।

प्रतिक्रिया