आइतबार, वैशाख ३०, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ कार्तिक १६ गते ११:०३

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार १ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ५ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया