चुनावी प्रचारप्रसार सहभागी हुनुपूर्व ओलीले गरे महादेव मन्दिरको दर्शन
नेपालखोज
२०७९ कार्तिक १६ गते १२:५४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरेका छन् । आज बिहान अध्यक्ष ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका हुन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गरेका हुन् ।
ओलीले संस्कृति सम्पदाको अवलोकन एवं दर्शनका लागि त्रिपुरेश्वर महादेव मन्दिर पुगेको बताइएको छ । यसअघि गत साउन १६ गते अध्यक्ष ओलीले पशुपतिको गंगा आरतीमा सहभागिता जनाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया