शनिबार, जेठ ५, २०८१

सात अंकले बढ्दा एक अर्ब ४६ करोडको सेयर किनबेच

नेपालखोज २०७९ कार्तिक १६ गते १६:०८

काठमाडौं । अघिल्लो दिन ५६ अंकले बढेर एक अर्ब २९ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको नेप्से साताको चौंथो कारोबार दिन आज (बुधबार) पनि बढेको छ । नेप्से आज सात दशमलव ३२ अंकले बढेर १९ सय ३८ दशमलव ३० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स शून्य दशमलव ७९ अंकले बढेर तीन सय ८२ दशमलव ९४ अंकमा पुगेको छ ।

दुई सय २७ वटा कम्पनीहरुको २९ हजार ४७ पटकको कारोबारमा ४३ लाख ४६ हजार सात सय आठ कित्ता सेयर खरिद-बिक्री भएका छन् । सोही खरिद-बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ४६ करोड ७९ लाख १४ हजार आठ सय ७५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा तीन वटा समुहको सुचक घटेर बाँकी १० वटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ६१ अंकले घटेर १३ सय ६८ दशमलव २४ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक एक दशमलव ६२ अंकले घटेको छ भने ट्रेडिङ समूहको सूचक पनि २२ दशमलव ९७ अंकले घटेको छ ।

विकास बैंक समूहको सूचक भने ३३ दशमलव ६७ अंकले बढेर तीन हजार चार सय ८७ दशमलव १९ अंकमा चढेको छ । जलबिद्युत समूहको सूचक १६ दशमलव ५८ अंकले बढेर दुई हजार १७ दशमलव ९२ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक ५५ दशमलव १३ अंकले बढेर आठ हजार नौ सय ३८ दशमलव ५७ अंकमा चढेको छ । फाईनान्स, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज कर्पोरेट डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ७४ प्रतिशतले बढेर दुई सय ८८ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सबैको लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ९६ प्रतिशतले घटेर नौ सय ९४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता ६ सय ८५ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ८५ लाख ६० हजार दुई सय १४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया