नेपाल जनरलले हिरो एक्स प्लस २०० खरिद गर्ने ग्राहकलाई लोमाङथान घुमाउने
नेपालखोज
२०७९ कार्तिक १६ गते १६:२४

काठमाडौं । नेपालको लागि हिरो मोटर साईकलको आधिकारिक विक्रेता नेपाल जनरल माकेटिङ्ग प्रा.लि. ले आन्तरिक पर्यटन प्रवद्र्घनको साथै हिरो एक्स प्लस २०० मोटर साईकल खरिद गरेका ग्राहकहरुलाई अति सुन्दर मनमोहक लोमाङ्गथान भ्रमण गराउने भएका छन् ।
यहि कार्तिक १६ गतेबाट करिब ३० जनाभन्दा बढी एक्स प्लस २०० चढ्ने ग्राहकहरुलाई सहभागिता गराउंदै यात्रा शुरु हुनेछ । सो यात्रा काठमाण्डौ–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङ्गथान हुदै करिब ९०० कि.मि.को हुनेछ ।
नेपाल जनरल मार्केटिङ्गको अध्यक्ष अभिक ज्योतिले टेकु, बुधबारीमा रहेको हिरोको शोरुमा कार्तिक १६ गते ल्फाग अफ गरेर यात्राको शुभारम्भ गरे । सो अवसरमा उनले यात्रामा सरिक हुने सबैलाई अनुशासित तवरले सतकर्ताका साथ बाईक चलाउनु अनुरोध गर्दै जोखिममुक्त तवरले यात्राको सफलताको लागि सबैलाई हार्दिक शुभकामना दिए ।
सम्बन्धित








प्रतिक्रिया