जापानी येन १० को खरिददर ८ रुपैयाँ ९८ पैसा, बिक्रीदर ९ रुपैयाँ ०२ पैसा

नेपालखोज २०७९ कार्तिक १७ गते ८:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ८९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको १७ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया