निर्वाचन आयोगले १ सय वटा मतदान केन्द्रलाई अपांग मैत्री बनाउने
नेपालखोज
२०७९ कार्तिक १७ गते १६:००

काठमाडौं । निर्वाचन आयोगले एक सयवटा मतदान केन्द्रलाई अपांगा मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । यी मतदान केन्द्रमा सांकेतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई सांकेतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल समाग्री, रंगीचंगी डोरी तथा पोल, र्याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपांगता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्था गरिने भएको छ ।
सम्बन्धित

प्रतिक्रिया