शिवराजसँग मिल्यो : निहारिकाको छोराको डीएनए

नेपालखोज २०७९ कार्तिक १८ गते १६:११

काठमाडौं । निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । विधि विज्ञान प्रयोगशाला काठमाडौंले आज (शुक्रबार) उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए मिलेको हो ।

शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन् । उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो ।

प्रतिक्रिया