युरो एकको खरिददर १२८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा

नेपालखोज २०७९ कार्तिक १९ गते १०:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३१ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको ०२ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया