संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक : नेता सिंह
नेपालखोज
२०७९ कार्तिक १९ गते १२:३१

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् ।
सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूचीअनुसार कानून बनाउन आवश्यक रहेको उनको भनाइ छ ।काठमाडौँ क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए ।
‘संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्यो ‘, शनिबार भएको प्रचारप्रसार कार्यक्रममा उनले भने ।
सम्बन्धित

प्रतिक्रिया