कर्नाटक सडक दुर्घटनामा ७ जनाको मृत्यु, ६ जना घाइते
नेपालखोज
२०७९ कार्तिक १९ गते १२:५८

कर्नाटक । कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ ।
बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो ।
घटनाबारे बेमलखेडा प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ।
सम्बन्धित
प्रतिक्रिया