शनिबार, असार २१, २०८२

पाँच सय ६२ सक्रिय संक्रमित

नेपालखोज २०७९ कार्तिक १९ गते १८:२४

काठमाडाैं । आज थप १६ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । एक हजार दुई सय ७६ नमूना परीक्षण गर्दा सो सङ्ख्या संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ६२ छ । नेपालमा हालसम्म १० लाख सात सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट १२ हजार १९ जनाले ज्यान गुमाएका छन् । खोप अभियान सुरु भएदेखि हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले एक मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

पछिल्लो २४ घन्टामा खोप लगाएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । हालसम्म डेङ्गुबाट ५४ जनाको मृत्यु भएको छ । गत साउनदेखि हालसम्म ४६ हजार सात सय ६८ सम्भावित डेङ्गु रोगी देखिएको मन्त्रालयले जनाएइको छ । ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।

प्रतिक्रिया