साफ यू–१५ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशलाई हरायो
नेपालखोज
२०७९ कार्तिक १९ गते २०:२७

काठमाडाैं । बंगलादेशमा जारी यू-१५ साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले घरेलु टोली बंगलादेशलाई पराजित गरेको छ ।
नेपालले बंगलादेशलाई १–० गोलले पराजित गर्दै शीर्ष स्थानमा पनि उक्लिएको छ । नेपालका लागि ८६ औँ मिनेटमा वर्षा ओलीले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।
बंगलादेशलाई पराजित गरेपछि नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने घरेलु टोली बंगलादेश ३ अंकसहित दोस्रो र भुटान पुछारमा छ ।
पहिलो खेलमा नेपालले भुटानलाई ७–० ले पराजित गरेको थियो । यसैगरी बंगलादेशले पनि भुटानमाथि ८–० को जित दर्ता गरेको थियो । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
सम्बन्धित
प्रतिक्रिया