आइतबार, वैशाख ३०, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ कार्तिक २० गते १०:३९

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार १ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १४ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया