दिवांगत खेलाडीको शालिक निर्माणमा सरकारले सहजीकरण गर्ने

नेपालखोज २०७९ कार्तिक २० गते १२:००

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्रीकृष्णचन्द्र नेपालीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्यान गुमाउने खेलाडी निस्सिमथापाको अर्धकदको शालिक बनाउन सहजिकरण गर्ने बताएका छन् ।

थापाको परिवारले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री नेपालीले खेलाडीका परिवारलाई क्षतिपूर्ति दिलाउनरअर्धकदको शालिक निर्माणका लागि प्रदेश सरकारले सहजिकरण गर्ने बताए।

गत असोज ३० गते प्याराग्लाइडिङ खेलका क्रममा थापाको मृत्यु भएको थियो । उनी त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगितामा सहभागी थिए । उनको मृत्युपछि आयोजक संस्थाले दिवङ्गत थापालाई मानार्थ गोल्डमेडल प्रदान गरेको थियो । साथै, उनको सम्मानमा पोखरा रङ्गशालामा अर्धकदको शालिक निर्माण गर्ने घोषणासमेत गरेको थियो ।

थापाको परिवारले नाममा निस्सिमका नाममा अक्षयकोष स्थापना गरी प्याराग्लाइडिङ खेलमा दुर्घटनामा पर्ने खेलाडीलाई आर्थिक सहयोग गर्नुपर्ने माग गरेको छ । साथै, सबै खेलाडीको जीवन बीमा गर्नुपर्ने समेत परिवारको माग छ ।

दिवङ्गत खेलाडीनिस्सिमका बुबा प्रकाश थापाले लागिराष्ट्रिय खेलकुद परिषद् र नेपाल एअर स्पोर्टस् एशोसिएशन र नेपाल सरकारका तर्फबाट प्राप्त हुनुपर्ने बीमावापतको रकम प्रदान गरिदिनआग्रह गरेको छ ।

प्रतिक्रिया