शनिबार, वैशाख १५, २०८१

पशुपतिमा रुवाबास ! (फोटो फिचर)

नेपालखोज २०७८ वैशाख २७ गते २१:३०

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप नौ हजार दुई सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख तीन हजार ७९४ पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा चार हजार सातजना निको भएका छन् । योसँगै निको हुनेको संख्या तीन लाख ६ हजार ७९४ पुगेको छ। यस्तै हाल देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ । पीसीआर विधिबाट आज १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा मात्रै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ।

आज पशुपति आर्यघाटमा मृतकको अन्त्येष्टिका लागि निकै भिड लागेको थियो । पशुपतिको माहोल रुवाबासीले गुन्जिएको थियो । मृतकका आफन्त शव नजिक जान सकेका थिएनन् । नेपाली सेनाले कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको शव व्यवस्थापन आफैं गरिरहेको छ ।

हेरौं पशुपति क्षेत्रमा आज देखिएको अवस्थाका थप तस्बिर :

प्रतिक्रिया