पछिल्लो चौबीस घण्टामा २८ संक्रमित
नेपालखोज
२०७९ कार्तिक २० गते १७:००

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर २८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार १ हजार ८७९ जनाको नमुना परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको हो ।
१ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा २६ जनामा र ६६० सय जनाको एन्टिजेन परीक्षण गर्दा ०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ५७० पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया